पाटेबाघको छाला र हड्डीसहित दुई पक्राउ
इनेप्लिज
२०७१ फागुन १६ गते ७:४३ मा प्रकाशित
भीमदत्तनगर, १६ फागुन । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका–८ बाट एकथान पाटेबाघको छाला र २० किलो हड्डीसहित दुई स्थानीयलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीहरूलाई गएराति पक्राउ गरिएको हो ।
भारतको सम्पूर्णानगरबाट ल्याइएको बाघको छाला र हड्डी नेपाल–भारत सीमासम्म भारतीय तीन तस्करले पुर्याएको प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट भारतीय तस्करबाट छाला र हड्डी ल्याउने क्रममा पुर्नवास नगरपालिका–१० का रामबहादुर रोकाया र खडक खड्कालाई प्रक्राउ गरेको अनुसन्धान टोलीका संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले बताउनुभयो ।
अभियुक्त र बरामद सामान आजै जिल्ला प्रहरी कार्यालय बुझाउने टोलीले जनाएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया