तीस दलीय मोर्चाको प्रदर्शन शान्तिपूर्ण र अनुसासित हुने: प्रवक्ता शर्मा
काठमाडौँ, १५ फागुन । एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दिनानाथ शर्माले एकीकृत(माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले भोलि राजधानीमा गर्ने शक्ति प्रदर्शन शान्तिपूर्ण र अनुसासित हुने बताउनुभएको छ ।
सम्वाद क्लब नेपालले आज आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले बृहत शान्ति सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै इमान्दार भएर पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माण गर्ने इच्छा शक्ति देखाएमा वार्ता हुने उल्लेख गर्नु भयो ।
कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस र एमालेले अन्तरिम संविधान र संसदको कानुन नमानी एकतर्फीरुपमा अगाडि बढेकाले वार्ताको वातावरण विथोेिलएको धारणा राख्नु भयो ।
राजनीतिक विश्लेषक सोनाम छिरिङ शेर्पाले जनताले सबैको पहिचान हुने गरी शासन व्यवस्थामा सुधार गर्नुपर्ने आवाज उठाएको बताउनुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया