नयाँ जहाजको नयाँदिल्ली उडान सुरु
काठमाडौँ, १५ फागुन । नेपाल वायुसेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ ले आजदेखि भारतको राजधानी नयाँदिल्लीमा पहिलो व्यावसायिक उडान सुरु गरेको छ ।
भारतीय आकाशमा उडानका लागि अनुमति नपाएकाले यसअघि गत मङ्गलबार उडान स्थगित भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको जहाजले बिहान ८ः३० बजे दिल्लीका लागि उडान भरेको थियो । दिल्लीका लागि १०१ यात्रुले टिकट काटेका थिए भने जहाज आजै १२ः१५ बजे दिल्लीबाट ५० यात्रु लिएर काठमाडौँ फर्कने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार निगमले दिल्लीका लागि सातामा चार दिन दुईतर्फी उडान गर्ने र थप गन्तव्यमा समेत उडान सुरु गरिनेछ ।
हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज (सगरमाथा) नेपाल भित्र्याएको थियो ।
निगमले नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडा दर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा ताकेको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया