इलाम २३ औँ खुल्ला दिशामुक्त जिल्ला
इलाम, १४ फागुन । सहरी विकास मन्त्री डा.नारायण खडकाले जनताले दिएको अभिमतलाई स्वीकार गर्दै संविधान निर्माणमा जुट्न एमाओवादीलगायतका आन्दोलनरत दललाई आग्रह गर्नुभएको छ ।
इलाम जिल्लालाई आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दै उहाँले सबै मिलेर जनताले चाहेको र सबैलाई स्वीकार्य संविधान बनाउनुपर्छ भन्नुभयो ।
खुल्ला दिशामुक्त घोषणा गरेर मात्र यसको लक्ष्य प्राप्ति नहुने बताउँदै उहाँले खुल्ला दिशामुक्त अभियान घोषणा घोषणामै सीमित राख्न नहुने र यसलाई पूर्ण कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
युनिसेफका दक्षिण एसिया प्रमुख कारिना हुसोल्पले खुल्ला दिशामुक्त कार्य सराहनीय रहेको भन्दै यसबाट नेपालको स्वास्थ्यस्तर माथि उस्कने बताउनुभयो । जिल्लामा ९४ प्रतिशत शौचालय निर्माण भएको जिविसले जनाएको छ ।
जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्दासम्ममा शतप्रतिशत घरधुरीमा शौचालय निर्माण भएको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको दाबी छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया