संविधान निर्माणमा पुँजीवादी र वामपन्थी शक्ति एक हुनुपर्छःडा भट्टराई

इनेप्लिज २०७१ फागुन १४ गते १२:३१ मा प्रकाशित

Baburam_Bhattaraiकाठमाडौँ, १४ फागुन । एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले यही फागुन १६ पछि सत्तारुढ दलसँग वार्ता गरिने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले बाह्रबुँदे शान्ति सम्झौतामा उल्लेख भएअनुसार दलित, मधेसी, उत्पीडितको पीडा अन्त्य गरी राज्यलाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुले बृहत् शान्ति सम्झौताको मर्म बुझेका छैनन् ।”

नेता डा भट्टराईले संविधान निर्माणमा पुँजीवादी र वामपन्थी शक्तिबीच एकता हुनु जरुरी भएको बताउँदै संविधान बाहिर रहेका नेकपा–माओवादीलगायत दललाई राखेर संविधान निर्माण गर्नुपर्ने औँल्याउनुभयो ।

साक्षात्कारमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य, पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सहमतिका आधारमा संविधान निर्माण गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया