म कुनै पनि राजनैतिक दल संग आबद्ध छैन :मोहन थापा ,एनआरएन अमेरिकाका लागि उपाधक्ष्य पदका उम्मेदवार

इनेप्लिज २०७१ फागुन १४ गते ०:४६ मा प्रकाशित

DSC07963

म्यारिल्याण्ड राज्यको बाल्टिमोर स्थित बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका(बाना)का संस्थापक अध्यक्ष तथा समाज सेवी मोहन थापाले औपचारिक रुपमा एनआरएन एनसीसी अमेरिकाको आसन्न चुनावको लागि उपाधक्ष्य पदका लागि आफ्नो उम्मेदवारी दिनु भएको छ l

उक्त औपचारिक घोषणा कार्यक्रममा आफु संस्थामा लाग्दा धेरै मानिस चिने तर पैसा कमाउदा कम मानिस चिने भन्दै म कुनै पनि राजनैतिक दल संग आबद्ध छैन भनि स्पष्ट पार्नु भयो l

आफुले कति पढे भन्ने कुरा मलाई केहि थाहा छैन तर समाज सेवामा तल्लिन हुदा हरेक नेपालीको पिडा र दुख बारेमा पढेको छु l समाज सेवा बाना बाट सुरु गरेको चर्चा गर्दै आफु लाई सानु बावुले “यदि पृथ्वीमा जन्मेर गतिलो काम गर्न सकिदैन भने पृथ्वीलाई भार हुन्छ ” पृथ्वीलाई भार मात्र हुन्छ भने जन्मनु नै बेकार भन्दै आफुले केहि गतिलो काम गरेर देखाउने उत्साह भएकोले मेरो उम्मेदवारी उपाधक्ष्यमा हो भन्नु भयो l

आफु भाषण गर्न जान्दिन र यो मेरो भाषण नभई मनको कुरा पोखेको हु l कामको सुरुवाट आफ्नो घर बाट सुरु गर्नु पर्छ भन्दै संक्षिप्त रुपमा प्रतिबद्धताहरु जाहेर गर्नु भएको छ l

१, नेपाली भाषा, कला, संस्कृति निरन्तरताका लागि नेपाली समुदायको अधिक बसोबास भएको अमेरिकी शहरहरुमा ‘नेपाली कला केन्द्र’ स्थापनाका लागि पहल गर्ने ।
२, नेपाली समुदायको बिभिन्न गतिविधिमा अमेरिकी सरकार र संबन्धित निकायबाट प्राप्त हुने सहयोगका लागि पहल र समन्वय गर्ने ।
३, नेपालमा नेपाली पहिचान निरन्तरताका लागि ‘एकचोटीको नेपाली, संधैको नेपाली’ भन्ने एन आर एन मन्त्रलाई स्थापित गर्न/यथार्थमा परिणत गर्न नयाँ संविधानमा नागरिकता संबन्धि प्रावधानमा त्यस्तो व्यबस्था राख्न पहल गर्ने ।
४, अमेरिकामा साना व्यवसाय गर्न चाहने नेपाली/नेपाली मुलकाहरुलाई सल्लाह सुझाव दिन डेस्क स्थापना गर्ने ।
५, एन आर एन लाई नेपालको राजनीतिक दलको प्रभावबाट परै राख्ने, विसुद्द गैर राजनीतिक र सामाजिक संस्थाको रुपमा एन आर एनलाई स्थापित गर्ने ।

प्रतिक्रिया