आफ्नै घरमा आगो लगाउने युवक पक्राउ
इनेप्लिज
२०७१ फागुन १३ गते १४:१३ मा प्रकाशित
दमौली, १३ फागुन । तनहूँको मनपाङ– ८ मा मङ्गलबार राति मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउने २६ वर्षीय सुवास नेपालीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
आफ्नै घरमा आगो लगाउने ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार मदिरा सेवन गरी आएका नेपालीले श्रीमतीलाई कुटपिट गरी उनी माइत हिँडेपछि रिस खप्न नसकी बाँसले बारेको आफ्नै एकतले घरमा आगो लगाएका थिए ।
आगो लगाएर फरार भएका नेपालीलाई आजै नजिकैको गाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया