आइसिइद्वारा वाशिंगटन डिसी.का व्यवसाय र चमेनागृहहरूमा छापा

इनेप्लिज २०८२ वैशाख २५ गते ०:३१ मा प्रकाशित

अमेरिकी आप्रवासन र सीमा सुरक्षा विभाग (आइसिइ) ले मङ्गलबार वाशिंगटन डिसी.का विभिन्न व्यवसाय र चमेनागृह (रेस्टुरेन्ट)हरूमा छापा मारेको पुष्टि गरिएको छ। यस कारवाहीको बारेमा एक समूहका कार्यकर्ताले एक दिन पहिले ढुवानी चालक र चमेनाग्रिह (रेस्टुरेन्ट)हरूलाई सचेत पारेका थिए।

“मैले यी समाचारहरू सुनेको छु, र ,मैले सारा बिहानभरि ती प्राप्त गरेको छु। म ती खबरहरुरूबाट अचम्मित छु,” वाशिंगटन डिसीकी नगर प्रमुख म्यूरियल बाउजरले मङ्गलबार पत्रकारहरूलाई भनिन्।

उनले यसमा महानगर प्रहरी विभागको संलग्नता नभएको पनि जोड दिइन्। धेरै चमेनागृहरूमा गुप्तचरहरुले आइ-९ आवेदन पत्र मागेर कर्मचारीहरूको पहिचान र रोजगार अनुमति प्रमाणित गर्नका लागि जानकारी र सूचना पत्रहरु वितरण गरेका थिए। केही चमेनागृहहरूले संघीय अधिकारीहरूले तीन दिनमा पुनः फर्किने बताए ।

वाशिंगटन डिसी चमेनागृहले पनि यस घटनामा गहिरो चासो व्यक्त गरेको छ । र , स्थानीय र संघीय नीति निर्माता माथि चमेनागृह व्यवसाय र समुदायमा पर्ने वास्तविक प्रभावको पुनः विचार गर्न आह्वान गरेको छ।

प्रतिक्रिया