किसानलाई तीन करोड बढीको राहत दिइने
सर्लाही, १३ फागुन । जिल्ला कृषि विकास कार्यालय सर्लाहीले सुख्खा राहत कार्यक्रम अन्तर्गत सर्लाहीका किसानलाई रु तीन करोड ४७ लाख खर्च गर्ने भएको छ ।
सुख्खाका कारण बालीनाली उत्पादनमा समस्या परेकाले उक्त कार्यक्रम अन्तर्गत साना सिँचाइ विशेष कार्यक्रममार्फत बोरिङ, स्यालो ट्युबेल, पम्पसेट, समर्सीयल मोटरलगायत वितरण गरिने कृषि विकास कार्यालयका प्रमुख शम्भुप्रसाद देवले जानकारी दिनुभयो ।
त्यस्तै धान, गहुँसहित विभिन्न तरकारीको बीउ बिजनमा अनुदान उपलब्ध गराइने कार्यालय प्रमुख देवले बताउनुभयो । गत वर्षायाममा समयमै पानी नपर्दा किसानले धानको बीउ काट्नु परेको थियो । त्यही कारणले किसानका लागि राहतस्वरुप उक्त कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत विजय मण्डलले जानकारी दिनुभयो ।
आगामी वैशाख मसान्तभित्र राहत रकम उपलब्ध गराइने सूचना अधिकृत मण्डलले बताउनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया