मोरङमा निश्चित समयमा मात्र खेतमा निस्कने सर्प हेर्नेको घुइँचो
विराटनगर, १३ फागुन । यहाँका एक किसानको खेतमा एउटा कालो सर्प निर्धारित समयमा प्वालबाट बाहिर निस्कने गरेकाले हेर्नेको घुइँचो लाग्ने गरेको छ ।
विराटनगरको महेन्द्रचोकदेखि १० किलोमिटर उत्तरपूर्व बुधनगर–२ स्थित प्रदीप विश्वासको खेतमा विगत दुई महिनादेखि कालो रङ्गको सर्प दिउँसो १२ बजे र २ बजे निस्कने गरेको र करिब ४० मिनेट बाहिर बसेर पुनः सोही प्वालमा प्रवेश गर्नेगर्छ ।
सो क्रममा सर्प हेर्न भनेर नजिकै जानेलाई सर्पले डस्न प्रयास नगर्ने गरेको स्थानीय ओमकार राजवंशीले बताउनुभयो ।
दैनिक रुपमा सर्वसाधारणको भीड लाग्न थालेपछि अहिले सो क्षेत्रलाई घेराबेरा गरी दानपेटीका समेत राखिएको छ ।
सङ्कलन भएको रकमलाई छुट्टै बैंकको खातामा राख्ने र सो ठाउँमा भजन कीर्तनको आयोजना गरिने गाविसका सामाजिक परिचालक हरिओम राजवंशीले बताउनुभयो ।
सोही ठाउँमा नागदेवताको मन्दिर निर्माणका लागि जग्गाधनीसँग कुराकानीसमेत भइरहेको उहाँले बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया