फोटोसहितको मतदाता नामावली
इनेप्लिज
२०७१ फागुन १३ गते ५:११ मा प्रकाशित
भद्रपुर, १३ फागुन । जिल्ला निर्वाचन कार्यालय झापाद्वारा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि हिजो यहाँ आयोजित जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।
राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, कार्यालय प्रमुख, समाजसेवी सम्मिलित अन्तक्र्रियामा आगामी चैत २६ गतेसम्म जिल्लामा फोटोसहितको मतदाता नामावली तथा अद्यावधि गर्ने कार्य सम्पन्न गरिने जानकारी जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले दिनुभयो ।
पाँच वटा टोली बनाएर सुरु गरिएको यो सेवा झापामा लगभग १५ वटा गाविसमा सम्पन्न भइसकेको बताइएको छ ।
मतदाताको नाम शुद्ध भए निर्वाचन पनि शुद्ध हुने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको निर्वाचन कार्यालयको ठहर छ ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको सभापतित्वमा भएको थियो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया