भारतबाट दुई महिलाको उद्धार
इनेप्लिज
२०७१ फागुन १२ गते १५:१३ मा प्रकाशित
विराटनगर, १२ फागुन । भारतबाट आज दुई महिलालाई मोरङको प्रहरी टोलीले उद्धार गरेको छ ।
उद्धार गरिएकामध्ये एकको उमेर २७ र अर्कीको २० वर्ष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दुवै मोरङकै रहेको बताइएको छ ।
भारत विहार राज्यको पूर्णियाको रेल–वे स्टेसनमा आठ महिनाअघि अलपत्र अवस्थामा रहेकी ती दुई महिलालाई भारतीय प्रहरीले उद्धार गरी स्थानीय महिला हेल्पलाइन नामक संस्थाको जिम्मा लगाएको थियो ।
सो संस्थाले जिल्ला प्रहरी कार्यालय मोरङको इमेलमा जानकारी पठाएपछि एबीसी नेपाल, प्रहरी र अभिभावक गरी तीन जनाको टोलीले उद्धार गरी ल्याएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
दुवै महिला बोल्न नसक्ने अवस्थामा रहेको र उनीहरुको अवस्था सामान्य भएपछि यस विषयमा थप अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक ढकालले बताउनुभयो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया