स्वाइनफ्लु भित्रन नदिन नवलपरासीमा पनि उच्च सतर्कता
परासी, १२ फागुन । भारतमा स्वाइनफ्लुको महामारी फैलिएपछि भारतीय सिमानासँग जोडिएका नवलपरासीमा पनि उच्च सतर्कता अपनाइएको छ ।
भारतसँग सीमा जोडिएको नवलपरासीमा स्वाइनफ्लु सजिलैसँग भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको हो । जसका लागि जिल्लाको सीमावर्ती क्षेत्रका सबै स्वास्थ्य सङ्घसंस्थामा स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको स्वास्थ्य कार्यालयका प्रमुख जयबहादुर कार्कीले जानकारी दिनुभयो ।
नवलपरासीको महेशपुर, साथै त्रिवेणीलगायत विभिन्न नाकाबाट प्रतिदिन सयौँ व्यक्ति भारतीय नाका भएर जिल्ला भित्रिने गरेका छन् ।
जिल्लामा तत्काल रोगी नभेटिए पनि रोग भित्रिन सक्ने भएकाले जिल्लाका प्रत्येक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला स्वयम्सेविकालाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको स्वास्थ्य कार्यालयका प्रमुख कार्कीले बताउनुभयो ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया