हिंसाका अधिकांश घटना मिलापत्र
रौतहट, १२ फागुन । जिल्लामा हुने घरेलु हिंसाको घटना छलफलबाटै मिलापत्र हुने गरेका छन् । घरेलु हिंसाका अधिकांश घटना, गाउँ घर तथा प्रहरी चौकीमा नै मिलापत्र हुने गरेका कारण घरेलु हिंसाका घटना घट्नुको साटो बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
घरेलु हिंसाको घटनामा पीडकलाई कारबाहीभन्दा हिंसामा परेका महिलाले सामाजिक दबाबमा परेर सहमतिमा आउनुपर्ने अवस्था आउने गरेको अधिकारकर्मीको भनाइ छ ।
घरेलु हिंसाका छलफलमा स्थानीयस्तरबाट दबाब सिर्जना हुने गरेकाले अधिकांश महिला हिंसाका घटनामा मिलापत्रले प्रसय पाउँदै आएको छ । महिला तथा बालबालिका सेवा केन्द्रमा गत पुस र माघमा मात्र घरेलु हिंसासँग सम्बन्धित २२ वटा मुद्दा दर्ता भएका थिए । जसमा १२ वटा छलफलबाट मिलापत्र भएको छ ।
सेवा केन्द्रमा जाहेरी परेपछि छलफल गराउने र सहमति नभए मात्र मुद्दामा जाने गरेको महिला अधिकारकर्मी देवकी नेपालले बताउनुभयो । गम्भीर प्रकृतिका घरेलु हिंसालाई समेत गाउँका कतिपय अगुवाले दबाब दिएर मिलापत्र गराउने गरेको पाइएको अर्का अधिकारकर्मी टीका घिमिरेको भनाइ छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया