झापामा हात्तीपाइले रोग निवारणका लागि अन्तक्र्रिया कार्यक्रम
भद्रपुर, ११ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न गरेको छ ।
नेपालमा हात्तीपाइले (फाइलेरिया) रोग निवारण कार्यक्रम सरकारले सन् २००३ देखि लागू गरेपछि झापामा आगामी फागुन २३, २४ र २५ गते खुवाउने औषधि चौथो पटक हो ।
झापामा सन् २०१२ देखि औषधि खुवाउन लागेको हो भने यस पटक सात लाख ८२ हजार मानिसलाई यो औषधि खुवाउन ४०० स्वास्थ्यकर्मी र तीन हजार ६०० स्वयम्सेवक परिचालन गर्ने बताइएको छ ।
रोगको सङ्क्रमण हुनबाट बचाउन र रोग लागिसकेका बिरामीलाई सरल तथा प्रभावकारी स्वयम् उपचार विधि अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयले प्रचारप्रसार, विद्यालयस्तरीय शिक्षा कार्यक्रम रणनीति अपनाउन लागेको छ ।
सन् २०२० सम्ममा निर्मूल पार्ने यो रोग सन् २०१२ मा झापामा तीन हजार ९७० जनामा देखिएको थियो ।
दुई वर्षदेखि ७० वर्ष उमेर समूहका मानिसले खाने यो औषधि विशेष रोग लागेका, गर्भवती महिला र सात दिनका सुत्केरी महिलालाई खान रोकिने बताइएको छ ।
क्युलेक्स नाम गरेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको औषधिसँगसँगै जुकाको औषधि पनि खुवाउने कार्यक्रम रहेको छ ।
सो अवसरमा सभापतिको आसनबाट प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सरकारले नागरिकको स्वास्थ्यका लागि सञ्चालन गरेको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी फणीन्द्र दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहता, जनस्वास्थ्य कार्यालयका ब्रजेश मेहताले पनि हात्तीपाइले रोगको अवस्थाबारेमा जानकारी गराउनुभएको थियो ।
यसैगरी, झापा जिल्लालाई यसवर्ष १० वटा गाविस पूर्ण खोप गाविस घोषणा गर्ने तयारी गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले आगामी वर्षमा जिल्लालाई नै पूर्णखोपयुक्त जिल्ला घोषणा हुने कार्यक्रमसहित अघि बढिरहेको जनाएको छ ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया