फरवरी २२, २०१५को दिन नेपाली अमेरिकन लेखक प्रिया सुबेदीको कृति “दि रोबोटिक मोसन “अन्तरास्ट्रिय नेपाली साहित्य समाज (INLS)”
बाल्टिमोरको आयोजनामा एक समारोहका बीच विमोचन भएको छ .
कार्यक्रमका प्रमुख अ ितथी नेपाल सरकारका महाबा िणज्यदूत प्रेमराजा महतले पुस्तक “रोबो िटक मोशन” को िबमोचन गर्नुभयो ।
उक्त कार्यक्रम अनेसास बाल्टिमोर शाखाका अध्यक्ष तीर्थ पाण्डेको सभापतित्त्व तथा अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुबेदी ,वर्तमान BOT अध्यक्ष श्याम कार्की र नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महतको विशेष उपस्थितिमा सम्पन्न भएको हो .
सन् २००८ मा पहिलो पुस्तक प्रकासित गरिसकेकी लेखिकाको यो दोश्रो कृति हो
अनेसास बाल्टिमोर शाखाले प्रकासित गरेको उक्त पुस्तक लोकार्पण पछि प्रोफेसर एच बि भण्डारीले पुस्तक र यसको प्रकाशनमा आफ्नो भूमिकाको बारेमा संक्षिप्त व्याख्या गरेका थिए भने समालोचक Dr. लेखनाथ अधिकारीले पुस्तकको समालोचना गरेका थिए .
कार्यक्रममा डा. कल्पना सत्यालले लेखिकाको पुस्तकको आधारमा समीक्षात्मक परिचय गराएकी थिइन् भने कवि प्रिया सुबेदीले आफ्नो लेखनको प्रेरणा र यो पुस्तक लेखनसम्मको सिर्जनाको बारेमा मन्तव्य राखेकी थिइन् .
नेपाली डायस्पोराले अब नेपाली भाषामा मात्र होइन अंग्रेजी साहित्यमा पनि प्रभाव राख्नुपर्ने र अंग्रेजी साहित्यका वेस्ट सेलर किताबहरुमा आउनेगरी अबको लेखकीय विकसित हुनुपर्ने भन्दै कार्यक्रममा भीम रेग्मी ,श्याम कार्की ,एनआरन अमेरिकाका वरिष्ठ उपाध्क्षय लोक तिवारी ,पुरु सुबेदी, शंकर देवकोटा, दीपक पौडेल, केदार प्रसाद घिमिरे लगायतका महानुभावले सुभकामना तथा बधाई मन्तव्य राखेका थिए .पुस्तक विमोचनको उक्त कार्यक्रममा प्रविन भण्डारी , सपना सत्याल, बिकल्प सत्याल, कल्पना सुबेदी ,राम अधिकारी ,प्रकाश नेपाल ,भीम कट्टेल ,लोक तिवारी ,नारायण अधिकारी ,सागर सुबेदी, सपना सत्याल, रोबिन्स सुबेदी ,श्याम कार्की, तीर्थ पाण्डे लगायतले आफ्ना कविता तथा रचना बाचन गरेका थिए.
बा िल्टमोरमा सफल ब्यबसायीहरू म्याग्दी रूमका ओम तुलाचन र म्याग्दी-गुर्जाकै चन्द्र छन्त्यालको नेपाली रेस्टुरेन्ट
“Curry & Kabab Restaurant” मा सम्पन्न कार्यक्रममा लेखिकाकी बाबु प्रकाश सुबेदीले स्वागत मन्तव्यद्वारा उपस्थित महानुभावलाई स्वागत गरेका थिए भने उक्त कार्यक्रमको संचालन भरत रसाइलीले गरेका थिए। उक्त कार्यक्रममा Neaja अध्यक्ष गौतम दाहाल (ग्लोबनेपालडटकमबाट), विश्व थापा (इनेपलिजडटकमबाट) र America-Nepal Society एएनएसका पूर्व अध्यक्ष खेम भट्टचन
(DcNepal.Com) को पनि उपस्थिति थियो।
सो अबसरमा अनेसासका वर्तमान BOT का अध्यक्ष डा श्याम कार्की(श्रीमती इन्दिरा कार्की सहित)ले अनेसास केन्द्रका सस्थापक अध्यक्ष होमनाथ सुवेदी र उहाकी श्रीमतीलाई एकसाथ खडा ओढाएर सम्मान गरेका थिए भने सस्थापक अध्यक्ष होमनाथ सुबेदीले BOT का अध्यक्ष श्याम कार्की र इन्दिरा कार्कीलाई खादा ओढाएर सम्मान गरेका थिए। त्यसै गरी सस्थापक अध्यक्ष होमंथ सुबेदीले महा वाणिज्य दूत प्रेमराजा महत, बाल्टिमोर च्याप्टरका अध्यक्ष तीर्थ पाण्डे र विमोचन समारोहकी नायिका प्रिया सुवेदीलाई पनि खादा ओढाएर सम्मान गरेका थिए।
ईनेप्लीज डट्कम् मार्फत कार्यक्रमको लाईभ LIVE प्रत्यक्ष प्रशारण ग िरएको िथयो
प्रतिक्रिया