आमाको हत्या गर्ने छोरा पक्राउ
इनेप्लिज
२०७१ फागुन १० गते ११:०५ मा प्रकाशित
सुरुङ्गा (झापा), १० फागुन । झापाको डागीवारीका एक व्यक्तिले मादक पदार्थ सेवन गरी आमाको हत्या गरेका छन् ।
डागीवारी–८ निवासी ३३ वर्षीय बुद्धिमान राईले ६८ वर्षीया आमा फूलमाया राईलाई कञ्चटमा चिर्पटले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।
राउतका अनुसार बुद्धिमानले गत ८ गते शुक्रबार साँझ मादक पदार्थ सेवन गरी आमाको कञ्चटमा चिर्पट प्रहार गर्दा उनको कान चुँडिएको थियो । छोराको चिर्पट प्रहारबाट गम्भीर घाइते भएकी फूलमायाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
आमामाथि चिर्पट प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया