राजधानीमा एमाओवादी मोर्चाको प्रदर्शन
काठमाडौँ, ९ फागुन । सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा रहेको तीस दलीय मोर्चाले आज राजधानीमा कालोपट्टि बाँधेर प्रदर्शन गरेको छ ।
रत्नपार्कमा गरिएको प्रदर्शनमा प्रमुख दलकाबीचमा भएको १२ बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरिएको थियो ।
सहमतिका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाउनुपर्नेमा सत्तारुढ दलले बहुमतीय प्रक्रिया अगाडि बढाएको भन्दै प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनमा एमाओवादी, मधेस केन्द्रित दलहरु, पद्यमरत्न तुलाधर नेतृत्वको पहिचानमा आधारित आदिवासी जनजाति केन्द्रीय परिचालन समितिलगायतका सङ्घ संस्थाको सहभागिता रहेको एमाओवादीका पोलिटब्युरो सदस्य झक्कुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सहमतिका आधारमा संविधान जारी गर्ने वातावरण बनाउनका लागि पहिलो चरणको आन्दोलनअन्तर्गत आज मुलुकभर नै मोर्चाले प्रदर्शन गरेको नेता सुवेदीले जानकारी दिनुभयो । रासस
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया