विराटनगर, ८ फागुन । मोरङमा गएराति लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरान–१६ बस्ने विजय राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट डाइजेपाम ५४ थान, एभिल ४५ थान र लोबोजेसिक ४५ गरी १३५ थान बरामद भएको हो ।
विराटनगर–२ स्थित अस्थायी प्रहरी चौकी तीनपैनीले जाँच गर्ने क्रममा सो लागुऔषध बरामद गरेको हो
प्रतिक्रिया