‘शिक्षामा राजनीति नगरौँ’

इनेप्लिज २०७१ फागुन ८ गते ५:१२ मा प्रकाशित

yas_1409130812काठमाडौँ, ८ फागुन । शिक्षा मन्त्रालयका पूर्व सचिव शङ्करप्रसाद पाण्डेले शिक्षा क्षेत्रलाई राजनीतिक अखडा बनाउन नहुने बताउनुभएको छ ।

चाबहिलस्थित नेसलन पायनियर एकेडेमीको १२ औँ अभिभावक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले राजनीतिक दलले शिक्षालाई सुधार्न चाहेको हो भने उनीहरुले दलीय हस्तक्षेप पूर्णतः अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका प्राचार्य भरतकुमार राईले निजी विद्यालयले तुलनात्मक रुपमा राम्रो शिक्षा दिइरहेको दाबी गर्नुभयो । विद्यालय निरीक्षक योगेश भट्टराई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप न्यौपाने, अभिभावक प्रतिनिधि लैनबहादुर थापालगायतले विद्यालयलाई शुभकामना दिनुभयो ।

प्रतिक्रिया