बाल विवाह बढ्दो
खजुरा (बाँके), ७ फागुन । शिक्षा, स्वास्थ्य र पूर्वाधारको पहुँच रहेको जिल्लामा बालविवाह बढ्दै गएको पाइएको छ ।
राष्ट्रिय जनगणना–२०६८ अनुसार जिल्लामा १० वर्षमुनिका एक हजार ८५४ जनाले बालविवाह गरेका छन्, जसमा बालिका एक हजार ५८९ र बालक २६५ जना छन् । जनगणनाअनुसार १० देखि १४ वर्षको उमेर समूहमा ३२ हजार ६७६ जनाले जिल्लामा बाल विवाह गरेका छन्, जसमा बालिका २५ हजार ६६५ र बालक छ हजार ४११ छन् । पन्ध्र वर्षदेखि २० वर्ष उमेर समूहमा एक लाख नौ हजार ५० जनाले बालविवाह गरेका छन् । तथ्याङ्कअनुसार बालिका ८० हजार ३०६ र बालक ४८ हजार ७४४ जनाले विवाह गरेका छन् ।
जनगणनाको १० वर्षभित्र बाँके जिल्लामा एक लाख ६३ हजार ५८० जनाले बालविवाह गरेका छन्, जसमा एक लाख सात हजार ५६० बालिका र ५६ हजार २० जना बालक छन् । सो अवधिमा बालकभन्दा बालिका विवाह दुई गुणा बढी छ । बालविवाह गर्नेमा जिल्लामा दलित, मधेसी र मुसलमान समुदायका बालबालिका अगाडि छन् ।
महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख प्रभा श्रेष्ठले सामाजिक संस्कार, जानी नजानी तथा देखासिकीका कारण जिल्लामा बाल विवाह बढेको बताउँदै तर विगतका वर्षभन्दा कमी आएको जिकिर गर्नुभयो ।
बाल विवाहका घटना बढे पनि कानुनी कारबाहीको प्रक्रियामा भने नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्षमा जिल्ला प्रहरी र जिल्ला अदालतमा एउटा बालविवाहको मुद्दा परेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया