क्यानाडाका लागि नेपालका राजदुत पोखरेलले गभर्नर जनरललाई ओहदाको प्रमाण पत्र बुझाए l

इनेप्लिज २०७१ फागुन ७ गते १:१५ मा प्रकाशित

"GG2015-0048-001

फाल्गुन ६ ,डिसी

क्यानाडाका लागि नेपाल सरकारका नव नियुक्त महामहिम राजदुत काली प्रसाद पोखरेलले क्यानाडाका गभर्नर जनरल महामहिम सम्माननीय डेविड जोन्सटन समक्ष ओहदाको प्रमाण पत्र बुझाउनु भएको छ l

आज ओटावा स्थित गभर्नर जनरलको आवास स्थित रिड्यु कक्षमा बिसेष समारोहमा नेपालका बिशेष राजदुत तथा पूर्णाधिकारी रुपमा उक्त ओहदाको प्रमाण पत्र बुझाईएको ओटावा नेपाली राजदुतावासले जनाएको छ l

उक्त ओहदाको प्रमाण पत्र बुझाउदै राजदुत पोखरेलले नेपालका सम्मानीय राष्ट्रपति राम वरण यादव तथा सम्मानीय प्रधान् मन्त्रि सुशील कोइरालाले पठाउनु भएको शुभकामना सन्देश सुपुर्द गर्नु भयो l र ,साथै महामहिम सम्माननीय डेविड जोन्सटनको सुख ,सुस्वास्थ्यको कामना गर्दै क्यानाडाका जनताको निरन्तर शान्ति ,प्रगति तथा समृद्धिको कामना गर्नु भएको सन्देश दिनु भयो l

गभर्नर जनरल महामहिम सम्माननीय डेविड जोन्सटनले ओहदाको प्रमाण पत्र बुझ्दै राजदुत काली प्रसाद पोखरेललाई सफलताको कामना दिनु भयो l बिशेष कार्यक्रम पछि राजदुत पोखरेल तथा क्यानाडाका गभर्नर जनरल संग छुट्टै बैठक बसेको थियो भने उक्त भेटघाटमा दुई देश बीच रहेको कुटनैतिक सम्बन्धको बारेमा चर्चा गरिएको थियो l दुई देशले अझ राम्रो सम्बन्ध बनाउन सकिने बिषयमा छलफल भएको छापा बिज्ञप्ति मार्फत उक्त जानकारी गराईएको छ l

क्यानाडाका गभर्नर जनरल महामहिम सम्मानीय जोन्सटनले राजदुत पोखरेलले दायित्व निर्वाह गर्ने कुरामा विश्वास रहेको चर्चा गर्दै नेपाल र क्यानाडा बीच बिशेष गरि ब्यापार तथा जनता बिच सम्बन्ध निर्माण गर्न पोखरेलले अहम भूमिका गर्नु हुनेछ भन्नु भयो l

राजदुत पोखरेलले नेपाल र क्यानाडा बिच १९६५ देखि नै कुटनैतिक सम्बन्ध स्थापना भए पछि एक आपसमा भएको समझदारी र सहयोगको तह प्रति हर्ष व्यक्त गर्नु भयो l राजदुत पोखरेलले दुई पक्षीय सम्बन्ध प्रगाढ बनाउन तथा मजबुत बनाउन उच्च स्तरित कुटनैतिकहरुको भ्रमण वृद्धि गर्नु पर्ने कुरामा जोड दिनु भयो l

र ,राजदुत पोखरेलले यहि बर्ष नेपाल र क्यानाडा बीच कुटनैतिक सम्बन्ध स्थापना भएको ५० बर्ष भएको अवसरमा दुतावासले विभिन्न प्रकारका कार्यक्रमको आयोजना गरि उत्सव मनाउने बारेमा थप जानकारी दिनु भयो l र ,चार दशक देखि क्यानाडाले नेपाललाई सामाजिक तथा आर्थिक बिकासमा सहयोग पुर्याउदै आएकोमा क्यानाडा सरकारलाई धन्यबाद दिनु भएको थियो l

राजदुत पोखरेलले क्यानाडा सरकार तथा निजि क्षेत्र संग काम गर्न चाहेको र बिशेष उर्जा तथा नेपालको आधारभूत विकास ,व्यापार ,पर्यटक र अन्य क्षेत्रमा काम गर्न चाहेको जानकारी गराउनु भयो l

उक्त अवसरमा क्यानाडाकि प्रमुख प्रोटोकल एन्जेला बोगडन ,क्रिस्चिन म्याकलिन टार ,प्रमुख कार्यकारी तथा अन्य बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो l राजदुत काली प्रसाद पोखरेल श्रीमती ,छोरी ,छोरा ,आफन्त तथा साथीभाईहरुलाई उपस्थित हुनु भएको थियो l

"GG2015-0048-003

प्रतिक्रिया