दुष्कर्ममा संलग्न व्यक्ति प्रहरी फन्दामा
इनेप्लिज
२०७१ फागुन ६ गते १३:४९ मा प्रकाशित
पुनर्वास (कञ्चनपुर), ६ फागुन । कञ्चनपुर जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिका–५ स्थित विवाह हेर्न गएकी युवतीलाई सामूहिक बलात्कारमा संलग्न फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पुनर्वास नगरपालिका–५ स्थित उदरी गाउँमा जन्ती भएर बिहेमा आई २१ वर्षीया युवतीलाई उखुबारीमा लगी छजनाले सामूहिक बलात्कार गरेका थिए । सो घटनामा संलग्न मध्येका बाइसीबिचवा गाविस–५ बस्ने गोबिन्द रानालाई प्रहरीले पक्राउ गरेको हो ।
बाँकी अन्य अभियुक्तको छानबिन र खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरबहादुर खड्काले बताउनुभयो । पीडित युवतीको अहिलेसम्म सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया