सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०४:०५
वासिङटन डिसी 18:20

उखु बालीमा आगलागी, लाखौँको नोक्सानी

इनेप्लिज २०७१ फागुन ६ गते ४:०७ मा प्रकाशित

300px-Kanchanpur_district_locationकञ्चनपुर, ६ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको कवर्डहलको पाँच बिघा जग्गामा लगाइएको उखु बालीमा मङ्गलबार आगलागी हुँदा लाखौँको नोक्सानी भएको छ ।

काट्नका लागि तयारी अवस्थामा रहेको उखुमा आगलागी हुँदा झन्डै रु सात लाखको नोक्सानी भएको छ । शिवरात्रिको मेला भर्न आएका यात्रुले चुरोटको ठुटो उखु बारीमा फाल्दा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

भीमदत्तनगरपालिकाको दमकलको सहायताले उखु बारीमा लागेको आगो तीन घन्टापछि नियन्त्रणमा आएको थियो । कवर्डहलको जग्गा दोधारा चाँदनी नगरपालिका–३ का धीरप्रसाद सिंहले ठेक्कामा लिई उखुखेती गर्दै आएका थिए ।

प्रतिक्रिया