कुखुराका चल्लासहित सात भारतीय नागरिक पक्राउ

इनेप्लिज २०७१ फागुन ६ गते ४:०२ मा प्रकाशित

broiler-300x195गुलरिया (बर्दिया), ६ फागुन । भारतबाट अवैधरुपमा ब्रोइलर कुखुराको चल्ला नेपाल ल्याउँदै गरेको अवस्थामा आज बिहान सात भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बहराइच जिल्लाको बलइ बजारबाट नेपाल ल्याउँदै गरिएको एक हजार २० वटा कुखुराका चल्लासहित सात भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका र कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन गुलरिया बर्दियामा पठाइएको छ ।

प्रतिक्रिया