दुई वटा कक्षाका विद्यार्थी एकै कोठामा राखेर पढाउनुपर्ने बाध्यता
बाबियाचौर (म्याग्दी), ६ फागुन । म्याग्दीको बरङ्जा– २ मा रहेको पखेर प्राविको दुई वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन् ।
दरबन्दीका शिक्षक र कक्षा कोठा भवन अभाव हुँदा उक्त विद्यालयको कक्षा १ र २ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको हो । दुई वटा कक्षाका विद्यार्थीलाई दुईतिर फर्काएर बसाइँ व्यवस्थापन गरिएकोे छ । विसं २०६५ मा स्थापना भएको उक्त विद्यालयमा हाल तीन शिक्षकशिक्षिका कार्यरत छन् ।
भवन अभावका कारण पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको प्रअ निकेश प्रअ खड्काले बताउनुभयो ।
शिक्षकको तलब भत्ताका लागि मासिक रु १५ हजार आवश्यक पर्छ । गाउँलेले चन्दा, भैलो र मेला सञ्चालन गरेर शिक्षकलाई तलब खुवाउन नगद जुटाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर फगामीले बताउनुभयो ।
विद्यालय सञ्चालनका लागि सेवा क्षेत्रमा प्रतिघर मासिक रु १०० का दरले चन्दा सङ्कलन गर्ने विद्यालयले योजना बनाएको छ । हाल चार कोठे भवन भएको उक्त विद्यालयमा थप कक्षा कोठाको व्यवस्था गरिदिन जिल्ला शिक्षा कार्यालय, जिविसलगायत निकायसँग माग गरिएको छ । सो विद्यालयमा हाल ४५ बालबालिका अध्ययनरत छन् ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया