गाडिएका पोल ढले, बत्ती बलेन
इलाम, ६ फागुन । इलामको आमचोकमा विद्युत् विस्तारका लागि पोल र तार पुर्याएको तीनवर्ष बितिसक्दा पनि अझै विद्युत् बल्न सकेको छैन ।
फलामे पोल र तार अलपत्र अवस्थामा छन् । विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले चासो नदिएपछि विद्युत् बल्न नसकेको स्थानीयको भनाइ छ ।
ग्रामीण विद्युतीकरणअन्तर्गत जाइकाले पोल गाडेको तीनवर्ष बितेको छ । पोलमा लगाउने तार ल्याएर थुपारिएको पनि लामो समय बितिसक्यो । “बिजुलीका सरसामान ल्याएको लामो समय बित्दा पनि प्राधिकरणले वास्ता नगरेपछि अहिले पोल, तार र अन्य सामान हराउन थालेका छन्” आमचोक–५ का दधिराम लामिछानेले भन्नुभयो ।
आमचोकको दशमीदेखि आमचोक हुँदै फूएतप्पासम्म विद्युत्का फलामे पोल गाडिएको छ । विद्युत् प्राधिकरणले दिएको पोल र तार अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । विद्युत् विस्तारका लागि कुनै प्राविधिक पनि नआएको स्थानीयको गुनासो छ । अब पनि विद्युत् विस्तार नभएर सामग्री सबै हराउने र पोल स्थानीयले लघु जलविद्युत्मा लगाउने भएको स्थानीय कविराज लिम्बूले बताउनुभयो ।
दशमीदेखि फूएतप्पासम्ममा करिब १२० वटाभन्दा बढी पोल गाडिए पनि अहिले ती पोल प्रयोगविहीन छन् । तार र अन्य सामग्री जतासुकै छरपस्ट छन् । आमचोक, फूएतप्पा, लुम्दे गाविसका लागि दशमी–सिंहदेवी उच्च मावि हुँदै पोल गाडिए पनि प्राधिकरणको लापर्बाहीका कारण बिजुली नबलेको स्थानीयको भनाइ छ ।
सरकारले करोडौँ रुपैयाँमा पोल, तार र अन्य सामग्री खरिद गरेपनि तिनको उचित संरक्षण र सम्वद्र्धन हुन नसकेको स्थानीय बताउँछन् ।
पोल बाङ्गोटिङ्गो गाडिएको, प्राविधिक दृष्टिकोणले काम नभएकाले विद्युत् विस्तार हुन नसकेको नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका कर्मचारी तारा एक्तेन बताउनुहुन्छ ।
विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणमा जानकारी गराए पनि अहिलेसम्म प्राधिकरणले कुनै चासो नदिएको स्थानीयवासी बताउँछन् ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया