प्रधानमन्त्री कोइरालाद्वारा पशुपतिनाथको दर्शन

इनेप्लिज २०७१ फागुन ५ गते १६:०२ मा प्रकाशित

pm_sushil_koiralaकाठमाडौँ, ५ फागुन । महाशिवरात्रिका अवसरमा आज साँझ प्रधानमन्त्री सुशील कोइरालाले पशुपतिनाथको दर्शन गर्नुभएको छ ।

कडा सुरक्षाका बीच दर्शनका लगि पशुपतिनाथको मन्दिर परिसर पुग्नुभएका प्रधामन्त्री कोइरालालाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री कोइराला साँझ ६ः३० बजे पुगी ७ बजे पशुपतिनाथको दर्शन र पूजा गरी फर्कनुभएको थियो ।
प्रधानमन्त्रीले शिवरात्रिको व्यवस्थापन र वातावरणबारे राखेको जिज्ञासामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले पशुपतिनाथप्रति मानिसको आस्था र विश्वास बढेको तथा साँँझसम्म पाँच लाख भक्तजनले दर्शन गरेको एवं पशुपतिनाथ परिसरमा एघार लाख शिवभक्तलगायतको मानवसागर सहभागी भएको जानकारी दिनुभयो ।

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइएको छ । शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

प्रतिक्रिया