भक्तपुर, ५ फागुन । उद्योग मन्त्री महेश बस्नेतले तीन महिनाभित्र संविधान जारी गर्न सहमतिमा आउनका लागि आन्दोलनरत दलहरूलाई आग्रह गर्नुभएको छ ।
चाँगुनारायण नगरपालिका–५ झौखेलमा निर्माण हुन लागेको ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिर क्षेत्र विकास संस्थाको बहुद्देश्यीय भवनको आज शिलान्यास गर्दै उहाँले आन्दोलनबाट संविधान नआउने भएकाले सहमतिमा आउन आग्रह गर्नुभएको हो ।
मन्त्री बस्नेतले विपक्षी सबै दललाई समेटेर आगामी तीन महिनाभित्र कुनै हालतमा संविधान ल्याउने तयारीमा सरकार रहेको छ भन्नुभयो ।
विसं २०४७ सालको संविधान निर्माणमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले फरक मत लेखेर संविधान निर्माणमा बाधा नपु¥याए जस्तै अहिले पनि आन्दोलनमा गएका दलले चित्त नबुझेका विषयमा लिखित असहमति जनाएर संविधान निर्माण प्रक्रियामा बाधा नपु¥याउन आग्रह गर्नुभयो ।
रु १३ करोडको लागतमा शिवालय, देवालय, सामुदायिक भवन, वृद्धाश्रमलगायत भौतिक संरचनाको निमार्ण गरिनेछ ।
पूर्वाधार विकासपछि यस पवित्र तीर्थस्थललाई धार्मिक पर्यटकीयस्थल निर्माण गर्न सहयोग पुग्ने भवन निर्माण समितिका संयोजक श्यामसुन्दर धिमालले बताउनुभयो ।
प्रतिक्रिया