सदस्य मनोनयनको सूची तयार गर्ने जिम्मा शीर्ष नेतालाई
काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा मनोनयनका विषयलाई अन्तिम रुप दिन पार्टीका शीर्ष नेतालाई जिम्मा दिइएको छ ।
आन्तरिक गृहकार्य अपुग भएपछि आज हुने अपेक्षा गरिएको सो मनोनयनसम्बन्धी निर्णय यही फागुन ६ गते हुने भएको छ । आज दिनभर बसेको स्थायी कमिटीको सातौँ बैठकमा केन्द्रीय कमिटीमा मनोनयनका लागि महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत मापदण्ड र नामावलीमाथि विभिन्न प्राप्त सुझाव र नामावलीको सूचीभित्रबाट वरिष्ठता, योग्यता–क्षमता, समावेशिता, क्षेत्रीय सन्तुलन र दलको कामको आवश्यकताका आधारमा मनोनयन गरिनेछ । दलको विधानमा १० प्रतिशतसम्म मनोनयन गर्न सकिने व्यवस्था छ ।
सो सूचीलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेललाई जिम्मा दिने भएपछि निर्णय गरिएको हो ।
यस्तै केन्द्रीय सदस्यको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी तोकिएको छ । स्थायी कमिटीको बैठक फागुन ६ गते मध्याह्न १२ बजे पुनः बस्ने महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया