झापामा १३ प्रतिशतमा हात्तीपाइले रोग
भद्रपुर, ४ फागुन । झापामा १३ प्रतिशत मानिसमा हात्तीपाइले रोगको असर रहेकाले फागुन महिनाको २३, २४ र २५ गते हात्तीपाइले रोग र जुकाको औषधि एकसाथ खुवाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले लगभग सात लाख ८२ हजार ३६४ जनालाई ती औषधि खुवाउने लक्ष्य लिएको छ । यसका लागि कार्यालयबाट तीन हजार ६०० स्वयम्सेविका र ५०० स्वास्थ्यकर्मी परिचालन गर्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताले जानकारी दिनुभयो ।
सो चक्कीसँगसँगै सबैलाई जुकाको औषधि पनि खुवाउनका लागि ५० घरधुरीका लागि एक स्वयम्सेविका रहने तयारीमा कार्यालय जुटेको छ ।
छ पटकसम्म खानुपर्ने यो चक्की झापामा यो पटकको चौथो हो भने गर्भवती, दुई वर्षमुनिका र विशेष रोग लागेका मानिसलाई यो औषधि खान नहुने भनिएको छ ।
चक्की दुई वर्षदेखि पाँच वर्षकाले एक, छ वर्षदेखि १४ वर्षकाले दुई र त्योभन्दा माथि उमेर समूहकाले तीन चक्की सेवन गर्नुपर्ने जनाइएको छ ।
चक्की खाली पेटमा खान नहुने, खाइसकेपछि आराम गर्नुपर्ने र प्रसस्त पानी पिउनुपर्ने भएकाले सेवनकर्ताले विशेष ध्यान दिनुपर्ने छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया