संविधानसभाबाटै संविधान बन्छ: अध्यक्ष महतो
पर्सा, ४ फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लडाइँ, झगडा जे गरेपनि वर्तमान संविधानसभाबाटै संविधान निर्माण हुने बताउनुभएको छ ।
मधेसी पत्रकार समाज पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनताको अधिकारलाई सुनिश्चित गर्न संविधानसभाभित्र रहेको दुई तिहाइलाई सदुपयोग गर्दै संविधानसभाबाटै संविधान निर्माण गराउने बताउनुभएको हो ।
उहाँले संविधानसभामा रहेका काँग्रेस, एमालेले दुई तिहाई दम्भमा संविधान जारी गर्न लागेकाले आन्दोलनको माध्यमबाट जनताको पक्षमा संविधानसभाबाटै सबैको अधिकारलाई सुनिश्चित गर्ने संविधान निर्माणको पक्षमा आफूहरु लागेको उल्लेख गर्नुभयो ।
सञ्चारकर्मीले राखेको जिज्ञासाको उत्तर दिँदै अध्यक्ष महतोले विजयकुमार गच्छेदारले मधेसी मोर्चा र ३० दलीय मोर्चाको भावना विरुद्ध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाउनुभयो । उहाँले तराईमा मधेस प्रदेश र थरुहट प्रदेशको अवधारणा दुई मोर्चाको भए पनि गच्छेदारले तीन÷चार प्रदेशको कुरा मोर्चाको भावना विपरीत रहेको प्रस्ट पार्नुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन
भर्जिनियाको एक व्यायामशालामा पुरुषले छतबाट महिलाको लुगा फेर्ने कक्षमा चियाउदा १९ वटा अभियोगमा पक्राउ
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७० हजार ३ सय संक्रमित ,२१ करोड १५ लाखलाई कम्तिमा प्रथम खोप
प्रतिक्रिया