नागरिकताभन्दा दोब्बर राहदानी वितरण
मुस्ताङ, ४ फागुन । मुस्ताङमा नेपाली नागरिकता प्रमाणपत्रभन्दा दोब्बर राहदानी वितरण हुने गरेको छ ।
पछिल्लो छ महिनाको अवधिमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार, साउनदेखि माघ मसान्तसम्म ४७९ वटा राहदानी र २६० वटा नागरिकताको प्रमाणपत्र जारी भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले विदेश जाने परम्पराका कारण राहदानी बढी वितरण भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, साउनमा ६६, भदौमा ८५, असोजमा ७५, कात्तिकमा ८०, मङ्सिरमा ८५, पुसमा ४७ र माघमा ४१ वटा राहदानी जारी भएको छ ।
त्यस्तै, साउनमा ४६, भदौमा ४८, असोजमा २५, कात्तिकमा ५०, मङ्सिरमा ५५, पुसमा १७ र माघमा १९ वटा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । करिब १२ हजार जनसङ्ख्या रहेको जिल्लामा नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि निकाल्ने बढी देखिएको छ ।
त्यस्तै राहदानी विभाग काठमाडौँबाट नै राहदानी लिनेको सङ्ख्या धेरै रहेको पाइएको छ । “आधाभन्दा बढी नागरिकताको प्रतिलिपि जारी भएको छ, यसले नयाँ निकाल्ने एकदमै कम रहेछ भन्ने कुरा पुष्टि हुन्छ, सहायक प्रजिअ चोखालले भन्नुभयो, “जिल्लामा ढिला आउने भएकाले केन्द्रबाटै राहदानी लिने बढेको छ ।”
राहदानी विभागबाट जिल्लामा राहदानी आउन एक महिनाभन्दा बढी लाग्ने गर्दछ । मङ्सिर, पुस र माघ महिनामा चिसोका कारण कम राहदानी वितरण भएको बताइएको छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया