रेस्टुरेन्ट सञ्चालकसहित पाँचजना पक्राउ
गौशाला, ४ फागुन । महोत्तरीको जलेश्वरमा रेस्टुरेन्ट सञ्चालन गरी अश्लील क्रियाकलाप गराउने गरेको आरोपमा प्रहरीले गएराति रेस्टुरेन्ट सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक भारत विहारको सुरसण्ड विरख घर भई हाल जलेश्वर–४ मा बस्दै आएका राजीवरञ्जन कुमार, निजका पत्नी अनिता चौधरी र रेस्टुरेन्टमा काम गर्ने तीनजना युवती रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेका राजीव रञ्जन र निजका पत्नी अनिताले जलेश्वर–४ मा रेस्टुरेन्ट सञ्चालन गरी त्यसमा केटीहरु राखेर ग्राहकसँग अश्लील क्रियाकलाप गराई समाजमा नकारात्मक प्रभाव पारेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
जलेश्वरका घना बस्तीबीच रेस्टुरेन्ट खोली अश्लील क्रियाकलाप गराउँदै गरेका अवस्थामा प्रहरीले पक्राउ गरेका पाँचै जनामाथि सार्वजनिक मुद्दा चलाउने बताएको छ ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया