बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १४:५६
वासिङटन डिसी 05:11

गाँजासहित एक युवक पक्राउ

इनेप्लिज २०७१ फागुन ४ गते ३:५९ मा प्रकाशित

pakraauलहान, ४ फागुन । लागुऔषध गाँजासहित प्रहरीेले गएराति सिरहाको धनगढीबाट एकजनालाई पक्राउ गरेको छ ।

गाँजासहित सिराहाको मौवाही गाविस–६ निवासी ४८ वर्षीय रामचन्द्र रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो । सिरहाको धनगढी गाविस–२ स्थित श्यामपुर गाउँमा शङ्कास्पद अवस्थामा फेला परेका रायको शरीर तलासी गर्दा उनको साथबाट ५०० ग्राम गाँजा बरामद भएको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।

प्रतिक्रिया