भक्तपुरमा इलेक्ट्रोनिक्स एक्स्पो हुने
भक्तपुर, ४ फागुन । भोलिदेखि भक्तपुरमा पाँचदिने दोस्रो इलेक्ट्रोनिक्स एक्स्पो—२०१५ को आयोजना हुने भएको छ ।
भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घले भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा आयोजना गर्न लागेको एक्स्पोको सबै तयारी पूरा भएको सङ्घले पत्रकारसम्मेलनमा बताएको छ । एक्स्पोका संयोजक न्हुच्छेरत्न मानन्धरले भोलिदेखि ९ गतेसम्म हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
एक्स्पोेमा विभिन्न सामानका ८० वटा स्टल राखिने भएको छ । जसमध्ये ७० भन्दा बढी स्टल विद्युतीय सामग्रीको रहने छन् भने अन्य १० वटा स्टल फर्निचर तथा छालाको सामाग्रीको रहने उहाँले जानकारी दिनुभयो ।
एक्स्पोमा विभिन्न ब्रान्डका मोबाइल, एसइडी, फ्रिज, वासिङ मेसिन, एसी, कुकिङ रेञ्ज, कम्प्युटर, ल्यापटप, माइक्रोओभन, इन्टरनेट, भ्याकुम, सोलार, इन्भर्टर, ब्याट्री, हिटर, फ्यान, विभिन्न ब्रान्डका कम्प्युटर, कम्प्युटर सरफ्टवेयर, ल्यापटप, सिसी क्यामरा, विभिन्न ३०० भन्दा बढी ब्रान्डका विद्युतीय सामग्री बिक्रीका लागि राखिने छन् । त्यसैगरी भक्तपुरमा उत्पादित विभिन्न हस्तकलाका सामग्री, रेडिमेड कपडालगायत सामग्रीको स्टलसमेत रहनेछन् ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पाँचै दिन रक्तदान कार्यक्रम राख्ने भएको छ भने इवामुरा मेमोरियल अस्पतालले पाँचै दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । जसमा मुटुदेखि विभिन्न रोगको परीक्षण एवम् निःशुल्क औषधि वितरण गर्ने भएको छ ।
एक्स्पोमा भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रे र सिन्धुपाल्चोकसम्मका एक लाखभन्दा बढी उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने एक्स्पो अवधिभर उपभोक्ताका लागि विभिन्न सामानको खरिदमा १० देखि ५५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको सङ्घका सहसंयोजक रुकेस रञ्जितले जानकारी दिनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया