स्व ईश्वरी तुलाधरलाई भाव विभोर साथ अन्तिम बिदाई
फाल्गुन २ ,डिसी
१५ बर्ष अगाडी ,फेब्रुअरी १४ ,२००१ प्रणय दिवस कै दिन अमेरिकाको भूमिमा पति राकेश तुलाधर संग अवतरण गर्नु भएकी ४३ बर्षिय स्व ईश्वरी तुलाधरलाई समुदायले पूर्ण श्रद्धा तथा भाव विभोर साथ अन्तिम बिदाई भर्जिनियामा गरेका छन l
सबै संग मिलजुल गर्न सक्ने र मृदुभाषी स्व ईश्वरी तुलाधरलाई श्रद्धा अर्पण गर्न जन सागर उर्लिएको थियो l उनको पार्थिव शरीर र श्रद्धान्जली ब्यक्त गर्न आउने सबैका आँखा रसाएका थिए भने भाव बिभोर साथ आत्मको चिर शान्तिको लागि कामना गरेका छन् l
एरो नेपाल ट्रावल्सका संचालक ,राकेश तुलाधरले भक्कानिदै धर्म पत्नी स्व ईश्वरी तुलाधरलाई अन्तिम श्रद्दान्जली दिदै जीवन भर आफ्नो मानस पटलमा तिमि रहने छौ भन्दै बिदा गरे भने ११ बर्षिय छोरी साक्षीले बिलौना गर्दै आमा तिम्रो सदा सम्झना गर्नेछु भन्दा सबैको गह भरि आँशु भरिएको थियो l
र ,उक्त श्रदान्जली सभामा नायक सरोज खनालले भगवान तिमि निस्ठुरी रहेछौ भन्दै छिटो चुडेर लाग्यौ भन्दै श्रदान्जली अर्पण गरेका थिए l आफु लगायत समूहले स्व ईश्वरी तुलाधर लाई समर्पित गर्दै बनाएको ८ मिनेट छोटो वृतचित्र देखाईएको थियो l
४३ बर्षिय स्व ईश्वरी तुलाधर क्यान्सर (अर्बुद )रोग बाट पिडित हुनु हुन्थ्यो l
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया