Search कमिटिको प्रेस बिज्ञप्ति

इनेप्लिज २०७१ फागुन २ गते १९:३२ मा प्रकाशित

बाल्टिमोर, मेरिल्याण्डबासी आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु;

हामी सबैको छाता संगठन मानिएको ‘बाना’को बिषयमा प्रत्येक मेरिल्याण्डबासीको चासो रहनु स्वभाविक हो। विशेष गरेर बिगत केही वर्षदेखि ‘बाना’का विषयलाई लिएर खल्बलिएको तपाई हाम्रो आत्मियताप्रति सबैको चासो रहेको छ । एउटा सानो समुदायमा पनि आपसी भाईचारा र मेलमिलाप गर्न नसक्नुको दोष हामी आफूलाई बाहेक कसैलाई दिन सक्दैनौं । तर आरोप प्रत्यारोप, दोष गुण भन्दा माथि उठेर ‘एउटै माला नेपाली’ बन्ने समय आज र अहिले नै हो ।

केही दिन अघि Feb 9th, 2015 का दिन श्री HB Bhandari जी को पहलमा उहाँकै निबासमा भएको बैठकमा यो क्षेत्रमा बसोबास गर्ने अधिकाँस ब्यक्तित्वहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता भएको थियो। त्यो भेलामा सबैको चासो र सहमतिमा ‘बाना’को भावी कार्यसमिति प्रस्ताव गर्ने जो निर्विरोध निर्वाचित हुन सकोस ताकि चुनावमा जाँदा बिगतमा भएको र अब पनि हुन सक्ने मनमुटाव र बिभाजित स्थिति पुनः नआओस; त्यस्तो हुन सकेन भने पनि धेरै भन्दा धेरै बाल्टिमोरबासी दाजुभाई दिदीबहिनीको समर्थनमा उमेद्वारहरुको एउटा प्यानल चुनावका लागि प्रस्ताव गर्ने र बिभाजित समुदायलाई एक ढिक्का बनाई एउटा उदाहरणीय समुदायको रुपमा बाल्टिमोर मेरिल्याण्डलाई पुनःस्थापित गराउने विषयमा छलफल भयो ।

उक्त कार्य सम्पन्न गराउन बिभिन्न व्यक्तिहरुलाई आव्ह्वान गरि SEARCH COMMITTEE गठन गर्ने प्रस्ताव आएको हुँदा सबै उपस्थित महानुभावहरुको अनुरोध र सहमतिमा यो समुह चयन गरिएको यथार्थ जानकारी गराउन चाहन्छौं । आफ्नो सप्पूर्ण कार्य ब्यस्ततालाई एकातिर पन्छाएर हामी हाम्रो जिम्मेवारी बहन गर्न कटिबद्द भएर कार्यरत छौं ।

अकास्मात लिनु परेको यो जिम्मेवारीलाई पूर्ण ईमान्दारिताका साथ निर्वाह गरी समाजको हितका लागि केही न केही गरिछाड्ने अभिप्रायले हामी नियमित परामर्श र बैठकमा ब्यस्त भएका छौं । यस कार्यलाई सम्पन्न गर्न हामीलाई ‘बाना’का संस्थापक, आजिवन सदस्यहरु, पूर्व पदाधिकारीहरु, सल्लाहकारज्यूहरु र सर्वसाधारण, सदस्यहरुको समेत सहयोग आवस्यक परेको कुरा निवेदन गर्न चाहन्छौं । तसर्थ निम्न मिति, स्थान र समयमा सम्बन्धित सबैलाई उपस्थित भई एक जिम्मेवार सदस्यको भूमिका निर्वाह गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

आफू बसेको समाजलाई मर्यादीत र सभ्य बनाउने यो ऐतिहासिक अवसरबाट कोही पनि पछि हट्नु हुने छैन भन्ने हामीले विस्वास लिएका छौं ।

धन्यबाद ।

रवि लामिछाने – संयोजक, ‘बाना Search Committee’
सदस्यहरुः-
अमर छन्त्याल, अर्जुन हमाल, लोक तिवारी, विनोद उप्रेती, चित्रा कार्की, दूर्गा श्रेष्ठ, महेश भट्टराई।

मितिः 2/15/2015, Sunday
स्थानः 1100 Cromwell Bridge Rd. Towson MD, 21286
समयः
12:00 बजे – सबै पदका सम्भावित एवं घोषित उमेद्वारहरु
4:00 PM बजे – संस्थापक ज्यूहरु, आजिवन सदस्यहरु, पूर्व पदाधिकारीहरु तथा सल्लाहकारहरु
5:30 PM बजे – साधारण सदस्य तथा ईच्चुक महानुभावहरु ।

प्रतिक्रिया