बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०७:३१
वासिङटन डिसी 21:46

प्रेस विज्ञप्ती

इनेप्लिज २०७१ फागुन २ गते १७:५३ मा प्रकाशित
आदरणीय प्रबासी दाजुभाई तथा दिदीबाहिनिहरु,
बिगत २ दशक देखि त्रिभुवन बिश्वबिध्यालयको प्राध्यापन  देखि क्यल्लिफोर्नियाकोसिलिकन भ्यालीको व्यवशायिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर पेशागत यात्रा तय गर्दाहासिल गरेका थुप्रै SUCCESS STORIES र पेशागत दक्षता ,मेरो समाजसेवा प्रतिकोगहिरो अभिरुचि तथा समाज प्रतिको दायित्वबोधले  अभिप्रेरीत भएर एन आर एनअमेरिकाको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा रहेर काम गर्ने प्रबल ईच्छा भएकोले उक्तपदमा उमेद्वारी दिएको कुरा यसै   संजाल मार्फत  जानकारीका लागि अनुरोध गर्न चाहन्छु |
एन आर एनको भर्खरै सम्पन सदस्यता बितरण कार्यक्रममा तपाइहरु  सबैले पुराउनु भएकोउत्साहजनक सहभागिताको लागि एन आर एन अमेरिकाको सल्लाहकारको हैसियतलेयहाँहरु सबैमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।  तपाई हाम्रो सामुहिक प्रयासले आज  NRN  NCC USA लाइ सबै भन्दा ठुलो NRN NCC को रुपमा स्थापित गर्न एतिहासिकअवसर का साथै थप जिम्बेवारी तपाई हाम्रो काधमा आएको छ | हाल आबद्द सदस्यतालाईनिरन्तरता दिदै आगामी दिनमा NRN को क्षमता तथा गुणस्तर वृद्धि गर्दै संगठनलाईव्यापक रुपमा अगाडी बढाउनुपर्ने टडकारो आबस्यकता छ।
एकातिर प्रबासी नेपालीहरुका हक , हित र अधिकारलाई सुरक्षित गर्दै अमेरिकी समाजकाआर्थिक ,सामाजिक र राजनैतिक क्षेत्रमा प्रबासी नेपालीको पहुच र पहिचान स्थापित गर्नु पर्नेगहन जिम्बेवारी छ भने अर्को तर्फ अमेरिका भरि छरिएर रहेका आम प्रबासी नेपालीको साझासंगठनको रुपमा बिकाश गर्न अमेरिका भित्रका संघ,संगठन तथा अन्य NRN ICC संगसमन्वयात्मक  र नेत्तृतवदायी भूमिका निर्वाह गर्दै NRN ICC को नेतृतव गर्नका लागि पनिसंगठनात्मक संरचना विस्तार तथा नेत्तृतव बिकाश गर्नु परेको छ ।
त्यसैले मैले ब्यक्तिगत रुपमा यो निर्बाचनलाई सामान्य परिस्थिति भन्दा ज्यादै महत्वपुर्णरुपमा हेरेको छु र यस निर्वाचनले बर्तमान तथा नया पुस्ताका चुनौतीलाई सम्भावनाकोरुपमा लिई संगठनलाइ हाक्न सक्ने दुरगामीशोच, उर्जाशिल र सक्षम नेतृत्व छान्न सफलहुनेछ भन्ने विश्वास लिएको छु ।
मेरो १५ वर्ष अमेरिका बसाइमा प्रवासी नेपालीहरुले आजको अबस्था सम्म आइपुग्न अनेकौदुख कष्ठका बाबजुद अत्यन्त  मेहनत गर्नु परेको मैले नजिक बाट भोग्दै र देख्दै आएको छु |अाज पनि ठुलो संख्यामा झन्डै ९० प्रतिसत प्रबासी नेपालीहरुको अमेरिकी जीवन नेपालकोजस्तै संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको वास्तविकता तपाई हामी सामु छ । यस जटिलअवस्थाको अन्त्यका लागि NRN ले परम्परागत शैली र सोचमा आमुल परिवर्तन ल्याउनुआबस्ककता छ र त्यस परिवर्तनको नेतृत्व पनि तपाई हामिहरुले नै गर्नु पर्दछ |
तसर्थ यो सस्थालाई हाम्रो मात्र हैन सम्पूर्ण नेपालीको स्वमित्त्व भएको सस्था बनाउनेप्रणगर्दै यसपटक  मैले उपाध्यक्ष पदमा सामुहिक नेतृत्वको मध्यमबाट सस्थागत रसामाजिक परिवर्तनको लािग जिम्वेवारी लिने निर्णय गरेको छु ।
बिनित
दिल्ली राम भट्टराई
उपादक्ष्य को उम्मेदवार
NRN NCC USA
SAN FRANCISCO, CALIFORNIA
650-863-8234

प्रतिक्रिया