वसन्त चौधरीका तीनवटा गीति एल्बम सार्वजनिक
काठमाडौँ, २ फागुन । कवि एवम् गीतकार वसन्त चौधरीद्वारा रचित तीनवटा गीति एल्बमको आज विमोचन गरिएको छ ।
प्रणय दिवसको अवसरमा यहाँ आयोजित कविता वाचन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र नेपाल नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले संयुक्तरुपमा विमोचन गर्नुभयो ।
वसन्त बेला (नेपाली आधुनिक), मोमेन्ट अफ लभ (नेपाली आधुनिक) र कुछ ख्वाहिसे कुछ बँहिसे (हिन्दी) गीतको विमोचन गरिएको हो ।
वसन्त बेलामा आठ, मोमेन्ट अफ लभ १० र कुछ ख्वाहिसे कुछ बँहिसेमा आठ वटा माया, मिलन र बिछोडसम्बन्धी गीत समावेश गरिएको छ ।
सोही अवसरमा कवि चौधरीले नयाँ र पुराना गरी करिव तीन दर्जन गीत, कविता र गजल वाचन गर्नुभएको थियो ।
कवि तथा गीतकार चौधरीका संवाद (पुस्तक), मेरा कविताहरु (कविता सङ्ग्रह), राष्ट्रियता नदुखोस् (पुस्तक), आँसु ओँ सियाही से (हिन्दी भाषाको कविता सङ्ग्रह), माया बल्झेछ (गीति सङ्ग्रह) तिम्रो नाममा (आत्मशान्तिका गीतहरु) र वनली लभ (गीति सङ्ग्रह) बजारमा आइसकेका छन् ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया