नेपाल स्पोर्ट्स एण्ड कल्चरल ईन्टरनेसनलले बर्षका उत्कृष्ठ युवा पुरस्कारबाट सम्मानित गर्ने
फाल्गुन २,डिसी
डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चरल ईन्टरनेसनलले आगामी मेमोरिएल दिवसको अवसरमा बर्षका उत्कृष्ठ युवा पुरस्कारबाट सम्मानित गर्ने भएको छ l अमेरिकाका ५० औ राज्यहरुमा रहेका बिशेष गरि अमेरिकामा दोश्रो पुस्ताका युवाहरुलाई नेपालको संस्कृति तथा परम्परालाई रूपान्तरण गर्ने मुख्य उदेश्यले यो कदम चाल्न लागिएको हो l
हरेक बर्षको मेमोरियल डे को अबसरमा अमेरिकामा खेलकुद ,नेपाली कला तथा सस्कृतिको संरक्षण र सम्बर्धनको लागि बिबिध कार्यक्रमहरु संचालन गर्दै समारोहमा ९ देखि १२ कक्षा सम्मका अमेरिकाका पचास राज्यहरुबाट ३५ जना अन्य विधामा उत्कृष्ट हुने र १५ जना खेलकुदबाट छनौट गरि पुरस्कार वितरण गर्ने संस्थाकी सभापति सिता पाण्डेले जानकारी गराईन l
संस्थाका महा सचिब बिनय अर्यालले यो कार्यक्रमले निक्कै महत्व राख्ने बताउदै सबै समुदायको ठुलो भूमिका रहने अपेक्षा गरेका छौ भन्दै संलग्न हुन् अनुरोध गरे भने उपाधक्ष्य मिलन राईले अमेरिकामा यस्तो कार्यक्रम पहिलो भएकोले दोश्रो पुस्ताकोलाई हौशला हुने भन्दै समुदायलाई एक जुट हुन् आग्रह गरेका छन् l कार्यक्रम पच्यात सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया