मधुसूदन प्रसाद उपाध्याय पोखरेल । एफेक्टीभ माइक्रो ओर्गानिजमको प्रयोग गर्दा बोकासी मल परिपक्व भै तैयार हुन सिद्धान्ततः ४५ दिन देखि ९० दिन लाग्छ ।
उक्त अवधिमा तैयारी कम्पोष्ट गन्ध रहित स्टेन रहित र हालिएको पदार्थ नचिनिने हुन्छ । बोकासि मल अक्सिजन रहित वातावरणमा तैयार हुन्छ । एरोबिक ब्याक्टेरियाले आर्गेनिक पदार्थ डिकम्पोज गर्न नपाउने हुँदा मल बन्ने काम सोचिएको जस्तो छिटो हुँदैन ।
OWDC झोल मा एरोबिक र अनोरोबिक दुवै ब्याक्टेरिया सक्रिय रहन्छ । त्यसैले फास्टेस्ट डिकम्पोजिसन हुन्छ । कम्पोष्ट परीपक्व न भएमा कुहिन्छ । लिग्निन र सैलुलोज दुवै डिकम्पपोज हुँदैन । बीउहरू मिसिएको छ भने खेतमा बीउ उम्रिन्छ र घासको संख्या बढ्छ । ओडिसी डिकम्पोजरमा इन्जाइमहरूको भरमार हुन्छ र वेष्ट डिकम्पोजरमा यौगिक जीवाणु इन्जाईमको अभावमा कम्पोष्टमा यदि कुनै राेगानु पूर्व देखि नै छ वा पछि कम्पोष्ट्मा संक्रमण हुन्छ भने पनि वा कुनै घासको बीउ छ भने पनि रोगानु वृद्धि देखि घासको बीउको अंकुरण केही पनि हुँदैन । रोगानुहरु समाप्त हुन्छ ।
ईएमओ प्रविधि होट प्रोसेसबाट कम्पोष्ट बनाउने तरिका हो । हानिकारक जीवाणु मार्न ६०-७०° C तापक्रम चाहिन्छ । छिट्टै बन्ने कम्पोस्टमा हानिकारक जीवाणु छ भने ज्योका त्यो रहन सक्छ ।
हानिकारक ब्याक्टेरिया छैन भने त ठिकै छ । तर ओडिसी झोलबाट भने छिट्टै कम्पोष्ट बन्छ । कोल्ड प्रोसेसबाट नल बनाने हुँदा कम्पोष्टमा ब्याक्टेरियल प्रतिक्रिया बा हुने हुँदा कम्पोष्ट तापक्रम वातावरण संग मेल खाने नै रहन्छ । तापको अस्वाभाविक उत्सर्जनको कारणबाट नाइट्रोजन आदि पोषक तत्व उडेर जाँदैन ।
बरु वायुमण्डलबाटै कार्बन नाइट्रोजनतानिएर कम्पोस्टमा डिपोजिट भै रहेको हुन सक्छ । र ,विधि पुर्याएर कम्पोष्ट बनाएमा १०- १५ दिनमा कम्पोष्ट बनेर प्रयोग गर्न सकिन्छ । किनकी OWDC मा थरी थरीका ब्याक्टेरियाहरू र एरोबिक ग्रुपको माईको राइजा ट्रीकोडरमा जिवाणुहरु आदि कम्तीमा पनि ८ थरीको हुन्छ नै ।
नत्र ८०-९० थरीको ब्याक्टेरियाहरू प्रसस्त हुन्छन् ।र एरोबिक एनोरिविक दुवै ब्याक्टेरियाहरु सक्रिय भै अधिकतम संख्यामा वृद्धि भई सकेर कम्पिस्तमा इन्जाइम बनाई रहेका हुन्छन । त्यही इन्जसिमले कम्पोष्ट कच्चा पदार्थ गलाउच्छ ।र ,कुनै अतिरिक्त ताप उत्पन्न हुँदैन । कक्याम्पिस्तिग पदार्थको पोषक तत्वको क्षय नगन्य मात्रामा हुन्छ । वायुमण्डलबाट पनि कार्बन नाइट्रोजन कम्पोष्ट्ना मजाले थपिएर झन गुणस्तरीय कम्पोष्ट बन्छ ।
तर EMO झोल विधिबाट गुणस्तरीय कम्पोष्ट सिद्धान्ततः बन्दैन । किनकी EMO झोलमा डाइरेक्ट वाइक्टरियाको प्रतिक्रियावाट कम्पोष्ट भन्दा अत्यधिक ताप उत्सर्जन हुन्छ र पोषक तत्व घट्छ । EMO मा एउटा थरीको नाइट्रोजन फिक्सिङ ब्याक्टेरिया मात्र हुन्छ ।
र ,त्यसको संख्या बढेर कम्पोष्ट कच्चा पदार्थसंग प्रतिक्रिया गरी ताप उत्सर्जन गर्दै पदार्थ डिकम्पोज गर्दै ४५-९० दिनमा जिवानणुरहित पनि जरूर बनाउँछ । र परिपक्व कम्पोष्ट बनाउँछ । अतः EMO विधिबाट गुणस्तरीय परिपक्व कम्पोष्ट सोचिए जस्तो छिटो बन्दैन भन्ने वर्किङ सिद्धान्त आधारमा भन्न सकिन्छ भन्ने मलाई लाग्छ ।
प्रतिक्रिया