छ महिनामा सात हजारले तातोपानी कुण्डमा स्नान गरे

इनेप्लिज २०७१ फागुन २ गते ३:५९ मा प्रकाशित

tatopani_b-300x200बाबियाचौर (म्याग्दी), २ फागुन । म्याग्दीको बेनी नगरपालिका–१३ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा छ महिनाको अवधिमा सात हजारभन्दा बढी बिरामीले स्नान गरेका छन् ।

मुहानबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानीलाई चिसो पानीमा मिसाएर बनाइएको तलाउमा गत भदौदेखि माघ महिनासम्म सात हजार ५० विभिन्न रोगका बिरामीले कुण्डमा स्नान गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव मीनबहादुर बानियाले जानकारी दिनुभयो ।

कुण्डमा स्नान गर्न तातोपानी कुण्ड व्यवस्थापन समितिलाई रु दुईसय शुल्क तिर्नुपर्छ । प्रवेश शुल्कबाट सो अवधिमा रु १४ लाख १० हजार सङ्कलन भएको छ ।

कुण्डमा डुबेर स्नान गर्न देशमा विभिन्न जिल्लाबाट ग्यास्ट्रिक, चोट पटक लागेका, खाना अरुची हुने, ढाड दुख्नेलगायत समस्या भएका बिरामी आउने गरेका सचिव बानियाले बताउनुभयो ।

प्रतिक्रिया