नेपाल–भारत सीमा सम्मेलन
वीरगन्ज, १ फागुन । सीमा सुरक्षा विवादको मैत्रीपूर्ण समाधान खोज्ने उद्देश्यले वीरगन्जमा पहिलोपटक नेपाल–भारत सीमा सम्मेलन–२०७१ को आयोजना हुने भएको छ ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा आज यहा“ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
यही फागुन ७ र ८ गते हुने भनिएको उक्त सम्मेलनमा सिमानासम्बन्धी सुमधुर सम्बन्ध, सुरक्षा र जनमानसको आवागमन, खुल्ला सीमा व्यापार, पर्यटन र अवरोध तथा समाधान विषयमा केन्द्रित हुने भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत राजेश कुमारले बताउनुभयो ।
भारतीय महावाणिज्य दूतावासद्वारा आयोजना हुने उक्त समिटमा नेपालका तर्फबाट गृह सचिव सूर्यप्रसाद सिलवाल र भारतका तर्फबाट भारतीय गृह मन्त्रालयका सचिव (सीमा व्यवस्थापन) स्नेहलता कुमारले गर्नेछ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको प्रमुख आतिथ्यमा सुरु हुने उक्त सम्मेलनमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत दुवै देशका बुद्धिजीवी र सीमावर्ती क्षेत्रका उच्चपदस्थ सरकारी अधिकारीहरुको सहभागिता हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
सो अवसरमा नेपालका लागि भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले नेपाल र भारतबीच शताब्दीऔँदेखिको ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ र सशक्त बनाउन यस्ता सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउ“दै दुवै देशबीचको अतुलनीय र विशिष्ट खालको यो सम्बन्धमा कहिलेकाहीँ खुल्ला सीमा सुरक्षा र भन्सार तथा गैरभन्सारसँग सम्बन्धित समस्याले बाधा पु¥याइरहेकाले यस्ता बाधाहरुको मैत्रीपूर्ण समाधान खोज्न सम्मेलन गर्न लागिएको बताउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया