सामसुङ मोबाइल महोत्सव सुरु

इनेप्लिज २०७१ फागुन १ गते १२:०२ मा प्रकाशित

indexकाठमाडौँ, १ फागुन । ताम्राकार कम्प्लेक्सको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित सामसुङ मोबाइल महोत्सव–२०१५ आजबाट सुरु भएको छ ।

नयाँसडकमा अवस्थित ताम्राकार कम्प्लेक्समा फागुन ७ गतेसम्म सञ्चालन हुने सो महोत्सव अवधिभर मोबाइलको खरिदमा पाँचदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ । हरेक दिन लक्की ड्र गरिने र सो लक्की ड्रमा हरेक दिन ३० हजार रुपैयाँ बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकको विवरण राखी बम्पर उपहार दिइने छ । महोत्सवको अवसरमा ‘भ्यालेन्टाइन डे स्पेसल गिफ्ट’ पनि प्रदान गरिने छ ।

महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सहमतिका आधारमा भन्दाभन्दै पहिलो संविधानसभा विघटन भएको अवस्थामा अब प्रक्रियाबाट पछाडि फर्किन नहुने बताउनुभयो । उहाँले वर्तमान समयमा मोबाइल अनिवार्य वस्तु भएको हुँदा सूचना तथा सञ्चारको विकासमा यसको आवश्यकता औँल्याउनुभयो ।

सभासदद्वय भीमसेनदास प्रधान र ध्यानगोविन्द रञ्जितले मोबाइलको बजार बढिरहेको हुँदा आगामी दिनमा नयाँ नयाँ प्रविधिसहितका उत्पादन ल्याउनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा ताम्राकार कम्प्लेक्समा रहेको टेली टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले महोत्सवको अवसर पारेर ग्राहकलाई विभिन्न मोबाइल तथा अन्य सामानको खरिदमा आकर्षक छुट दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया