ज्येष्ठ नागरिक प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
इटहरी, १ फागुन । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र महिला तथा बालबालिका मन्त्रालयको सहकार्यमा ज्येष्ठ नागरिकसम्बन्धी दुईदिने समीक्षा योजना तर्जुमा गोष्ठी र पाँचदिने स्याहारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम हिजो यहाँ सम्पन्न भएको छ ।
तालिम समापन समारोहमा सहभागी पाँचथरकी शारदा दाहाल, झापाका पङ्कज दाहाल, भोजपुरका श्याम खड्का, धनकुटाकी सरस्वती श्रेष्ठले संविधानमा नै ज्येष्ठ नागरिकको हकअधिकारको ग्यारेण्टी हुनुपर्ने धारणा राख्नुभएको थियो ।
महिला तथा बालबालिका मन्त्रालयका उपसचिव मीरा शेरचनले ज्येष्ठ नागरिकका विषयमा मन्त्रालयले नीतिमा सुधार ल्याउने र ऐन संसोधनको तयारी भइरहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकसम्बन्धी पछिल्लो समयमा धेरै सुधारका कार्य भइरहेको बताउनुभयो ।
उपसचिव शेरचनले प्रशिक्षक तालिम प्राप्त भएकाले जिल्ला जिल्लामा गएर ज्येष्ठ नागरिकसम्बन्धी अप्ठ्यारालाई समाधान निकाल्न सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका केन्द्रीय अध्यक्ष डा गौरीशङ्करलाल अग्रवालले ज्येष्ठ नागरिकसम्बन्धी पछिल्लो समयमा राज्यले पनि महत्व दिन थालेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।
तालिममा पूर्वी नेपालको १६ जिल्लाका ज्येष्ठ नागरिक महासङ्घका पदाधिकारी, महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि तथा ज्येष्ठ नागरिकसँग सरोकार राख्नेको सहभागिता रहेको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया