जीप दुर्घटनामा १३ जना घाइते
इनेप्लिज
२०७१ माघ २९ गते १५:४५ मा प्रकाशित
अर्घाखाँची २९ माघ । अर्घाखाँचीको ठाडामा आज दिउँसो भएको जीप दुर्घटनामा १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हँुदै बुटबल जाँदै गरेको लु १ ज १५९१ नम्बरको जीप ठाडा गाविस–३ कोप्चीबासमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा घाइते भएका सबै १३ जनाको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भइरहेको छ । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा गुल्मी रेसुंगा नगरपालिका–४ का विष्णु केसी, अर्घाखाँची किमडााडकी पार्वती विक र ढाकाबाँगकी रिदीदेवी गाहा मगर गम्भीर घाइते भएका छन् ।
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया