परासी, २९ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधान दुई तिहाइमा नभइ सहमतिमा बन्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस युनियन परासीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले अबका केहिदिनमै एमाओवादीको नेतृत्वमा रहेको मोर्चा र सरकारबीच निर्णायक वार्ता भई सहमति हुने दाबी गर्नुभयो ।
नयाँ संविधानमा सबै क्षेत्र, वर्ग जातजातिका र भेषभूषाको सम्मान हुने नेता कोइरालाको विश्वास थियो । संविधानसभा तथा सरकार दुबैले आफ्ना आफ्ना ठाँउबाट वार्ता र सहमतिको पहल गरेको बताउँदै उहाँले बृहत शान्ति सम्झौता, अन्तरिम संविधानको बलमा टेकेर नयाँ संबिधान आउने धारणा राख्नु भयो ।
प्रतिक्रिया