लखन थापालाई प्रथम सहिद घोषणा गर्न माग
बुटवल(खस्यौली), २९ माघ । सहिद लखन थापालाई संविधानमै प्रथम सहिदको रुपमा व्यवस्था गर्न र सहिदसँग सम्बन्धित कार्यक्रम लखन थापासँग सम्बन्धित मितिमा गर्न लखन थापा स्मृति अक्षयकोषले माग गरेको छ ।
कोष र नेपाल आदीबासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रुपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलन गरी राज्यलाई सहिदहरूप्रति सम्मान व्यक्त गर्न आग्रह गरेको छ ।
जहानीया राणा शासनविरुद्ध सबैभन्दा पहिले चेतनामूलक जनविद्रोहको सुत्रपात गरेको र राणा शासनविरुद्धको आन्दोलनकै क्रममा विक्रम सम्वत १९३३ फागुन २ गते लखनलाई फासी दिई हत्या गरेकाले पहिलो सहिद घोषणा गर्दै फागुन २ गतेलाई राष्ट्रिय बिदा घोषणा गर्न पनि माग गरिएको छ ।
त्यस्तै उनकै आन्दोलनमा साथ दिएर सहादत्त प्राप्त गर्ने जयसिंह चुमि मगर, सुकदेव गुरुङ, सुपति गुरुङलाई पनि सहिद घोषणा गर्न माग गरिएको छ ।
यही फागुन २ गते १ सय ३८ औँ लखन दिवस पनि यिनै मागसहित मनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बुटवलको राजमार्ग चौराहामा लखन थापाको प्रतिमा स्थापना गरिएको छ भने सो चोकलाई लखन चोक नामाकरण गरिएको छ ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया