अवैध काठसहित महिला पक्राउ
इनेप्लिज
२०७१ माघ २९ गते १२:०६ मा प्रकाशित
सप्तरी २९ माघ । इलाका वन कार्यालय महुलीले काठसहित करिब बाह्र महिलालाई आज पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
मोहलीबाट खटिएको वन रक्षकको टोलीले गैरी खोला मुहानबाट चिरान काठसहित उनीहरुलाई उदयपुर वन क्षेत्रबाट काठ लाउँदै गरेको अवस्थामा पक्राउ गरी इलाका वन कार्यालय महुलीमा बुझाइएको कार्यालयका प्रमुख चतुरनारायण साहले जानकारी दिनुभयो ।।
यसैबीच शम्भुनाथ रेन्जपोस्ट रुपनीको टोलीले अनधिकृत रुपमा काठ लग्दै गरेको ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ । वन रक्षकको टोलीले कटैयना–४ बाट काठ दाउरा ढुवानी गर्ने स१त ३५६९ नंको ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको बताइएको छ ।
रेञ्जपोस्टका प्रमुख बालदेव झाका अनुसार काठको छुट पुर्जी नलिएका कारण पक्राउ परेको ट्र्याक्टर र काठ इलाका वन कार्र्यालय रुपनीको जिम्मा लगाइएको छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया